व्यवस्थाविरुद्ध भइरहेको गतिविधिका जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र रहेको गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष

काठमाडौं । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् ।
व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हिजो सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् ।
उनीहरूले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले देशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै पूर्वराजाका गतिविधि कानून र संविधानविरुद्ध भइरहेको पाइएकाले प्रमुख राजनीतिक दलका तर्फबाट सुझाव दिन आग्रह गरेका थिए ।
दलहरुले व्यवस्था विरोधी गतिविधि गर्ने पूर्वराजासहित सबैलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिएका हुन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया