Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिने


काठमाडौँ, १८ चैत । सङ्घीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडानका कारण बिहीबार, शुक्रवार र आइतबारको बैठक प्रभावित भइसकेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट