Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

बागमती प्रदेशमा सर्वदलीय बैठक मङ्गलबार बस्ने


मकवानपुर, १८ चैत। बागमती प्रदेशमा सर्वदलीय बैठक मङ्गलबार बस्ने भएको छ । मङ्गलबार बस्ने भएको बागमती प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक भोलि बिहान ८ बजे बस्ने छ ।

बैठकमा प्रदेशसभा सञ्चालनको विषय टुङ्ग्याउनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यसूची रहेको उनले बताए ।

“बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटाउँदै प्रदेशसभाको बैठकलाई सहज बनाउन बैठक आह्वान गरिएको हो । दुई पक्षबिचको सहमति कार्यान्वयनका विषयमा बैठकमा छलफल हुनेछ ” उनले भने ।

सभामुख पाठकका अनुसार बैठकले भोलिको प्रदेशसभाको कार्यसूचीका विषयमा पनि टुङ्गो लगाउने छ । सर्वदलीय बैठकका लागि प्रदेशसभाका सात दललाई पत्राचार भसकेको उनले बताए ।

प्रतिपक्षले सभा विरोध गर्ने विषयको प्रश्नमा सभामुख पाठक भन्छन्, “अहिलेसम्म त्यस्तो खबर छैन । बैठकमा कुनै विरोध हुने देखिदैन । त्यहि विषयको सहमतिका लागि सर्वदलीय बैठक बस्ने भएको हो ।”


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट