Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब माग्न जरुरी छैन : योगेश भट्टराई


काठमाडौं, १८ चैत । नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले नआउने ठोकुवा गरे ।

“इतिहासले छिनोफानो गरिसक्यो, अब केको हिसाबकिताब ?,” भट्टराईले भने, “राजतन्त्रको समयमा राजा महाराजाले बेचेका मूर्ति हामीले फिर्ता ल्याउँदै छौँ । मैले मन्त्री हुँदा पनि फिर्ता ल्याएको थिएँ ।”

उनले विगतमा मूर्ति लैजानेहरूलाई भिसा नचाहिने सुविधाको दुरुपयोग गरेको बताए । “आज देशको राष्ट्रपति पनि कुनै देश जानुपर्‍यो भने भिसा चाहिन्छ । इतिहास हेर्नुहोस्, कसलाई भिसा चाहिँदैनथ्यो ?,” भट्टराईले भने, “त्यस्तो सुविधा देशका महत्त्वपूर्ण मूर्ति चोरेर पुर्‍याउनेहरू अब फेरि चाहिएको हो ?”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट