तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने जसपा नेपालको माग

काठमाडौं, १८ चैत । जसपा नेपालले तीनकुने घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।
सोमबार प्रतिनिधसभा बैठकमा जसपा नेपालका सांसद राजकिशोर यादवले तीनकुने घटनाबारे छानबिन आवश्यक भएकाले उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउन माग गरेका हुन् । सांसद यादवले सरकार निर्मम भएर घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने पनि बताए ।
‘नागरिकले सरकार छ भनेर अनुभूति गरिरहेका थिए ? गृहमन्त्रीलाई सोध्न चाहन्छु । त्यो दिनको घटना हेर्ने हो भने प्रमुख शक्ति भनाउँदाहरूको कार्यक्रम एकैदिन गर्ने अनुमति कसले दियो किन दियो ? त्यसको पछाडि के कारण थियो ?,’ उनले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया