प्रधानमन्त्री ओली पहिलोपटक एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा

काठमाडौं, १८ चैत । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् ।
एमालेबाट छुट्टिएर बनेको नेकपा एसको कार्यालयमा ओली पहिलोपटक पुगेका हुन् ।
लेखक तथा कूटनीतिज्ञ कमल कोइरालालाई श्रद्धाञ्जली दिन ओली आलोकनगर पुगेका हुन् । त्यस क्रममा ओलीले नेकपा एसको कार्यालय पनि अवलोकन गरेको ओलीको निजी सचिवालयले जनाएको छ । शुक्रबार राजावादी प्रदर्शनकारीले नेकपा एसको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया