Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

राप्रपाका सांसद दीपक बोहराको निधन


काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री सांसद दीपक बोहराको निधन भएको छ ।

बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

उनको घाँटीमा क्यान्सर भएको थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट