Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

रवि लामिछानेको सांसद पद फुकुवा गर्न सक्दिन : सभामुख घिमिरे


काठमाडौं, १९ चैत । सभामुख देवराज घिमिरेले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार आफूलाई भेट्न आएका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

“तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन । कानुनः त तपाईंको पद निलम्बित भएको हो,” सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले भने, “त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्‍यो ।”

सभामुखको भनाइपछि लामिछाने बिदा मागेर बाहिरिएका थिए । सभामुखसँगको भेटपछि लामिछानेले आफूलेसँग निलम्बन फुकुवा गरिदिन आग्रह गरेको बताए ।

पार्टीको जिम्मेवारीमा फर्किएपछि लामिछानेले सभामुखलाई भेटेर सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेका हुन् । सभामुखलाई भेट्न लामिछानेको साथमा उपसभापति डोलप्रसाद अर्याल, प्रमुख सचेतक सन्तोष परियार र सचेतक निशा डाँगीसहित सहभागी गिए ।

यसअघि, उनले गत माघ १८ गते सभामुखलाई भेटेर निवेदनसहित निलम्बन फुकुवा गर्न माग गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट