Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो संसद बैठक


काठमाडौं, चैत १९ गते । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै संसद बैठक सकिएको हो ।

विसं। २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका बोहराको आज बिहान निधन भएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मङ्गलबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो छ ।

पञ्चायतकाल र गणतन्त्रमा गरि नौ पटक मन्त्री भएका थिए दीपक बोहरा

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट