त्रि–चन्द्र बहमुखी क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन

काठमाडौं, १९ चैत । त्रि–चन्द्र बहमुखी क्याम्पसमा मङ्गलबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी रहेको छ ।
त्रि–चन्द्रका क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठ प्रधानका अनुसार सोमबार विद्यार्थीको सर्वदलीय बैठक बसेर सहमति भएपछि आज बिहानदेखि मतदानको वातावरण बनेको हो ।
निर्वाचन अधिकृत डा. अंगतमणि गौतमले त्रि–चन्द्र क्याम्पसमा १६ वर्षपछि शान्तिपूर्ण वातावरणमा मतदानको स्थिती निर्माण भएको बताए । उनले आज बिहान ११ः३० बजेसम्म तीन सय मत खसेको जानकारी दिए । उनका अनुसार जम्मा मतदाताको सङ्ख्या सात हजार ६९१ रहेको छ ।
त्रिविले देशैभरका आङ्गक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर सो दिन निर्वाचन हुन नसकेपछि त्रि–चन्द्र क्याम्पसमा निर्वाचनको मिति चैत १३ गते सरेको थियो ।
उक्त दिन पनि निर्वाचन हुन नसकेपछि मङगलबार भने त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान भइरहेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया