प्रधानमन्त्रीसँगै थाइल्याण्ड गएको जम्बो टोलीमा को को छन् ?

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । उनी एक दिने औपचारिक भ्रमण र त्यसपछि हुने बिमस्टेक सम्मेलनमा भाग लिन आज त्यस्तर्फ लागेका हुन् ।
प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा, प्रधानमन्त्रीका दुई जना सल्लाहकार विष्णु रिमाल र युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रतिनिधिसभा सदस्य राजकिशोर यादवलगायत पनि टोलीमा छन् ।
थाइल्याण्ड जाने अन्य सदस्यमा शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, प्रधानमन्त्रीका अंगरक्षक प्रमुख सेनानी दिवाकर खड्का, परराष्ट्र सचिव अमृत राई, प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह, निजी सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी पनि छन् ।
बैंकक जाँदा र फर्कंदा अति विशिष्ट कक्ष प्रयोग गर्नेहरुमा प्रधानमन्त्रीलगायत चार जनासहित १९ जना छन् । त्यसमा प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह पनि छन् ।
सोही कक्ष प्रयोग गर्ने अन्यमा उद्योग वाणिज्य महासंघ र संघका १३ जना, चेम्बरका तीन, अन्य क्षेत्रका ११ जना छन् । त्यसमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्लेदेखि पर्यटन व्यवसायी परासर प्रसाईंसम्म छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया