Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

सत्ताको उन्मादमा सरकारले खुला गरेको हिंसाको बाटोे


हिंसाले प्रतिहिंसा, क्रान्तिले प्रतिक्रान्ति र विम्बले प्रतिविम्ब सिर्जना गर्नुु स्वाभाविक हो । यो प्रकृतिको नियम हो । गत शुक्रबार काठमाडौको तीनकुनेमा भएको घटना त्यसकै उपज हो । देशमा धेरै पटक भएका क्रान्तिहरू प्रतिक्रान्तिको खाडलमा विलय भएको इतिहास छ ।

सत्ता जोगाउनका लागि हरेक शासकले निर्मम र निरङ्कुश शैली अपनाएका थिए । राणा शासन जोगाउन मानिसलाई जेल हालियो, झुण्ड्याएर मारियो । पञ्चायत जोगाउन पञ्च र्याली चलाइयो र थुप्रै मानिसलाई झुठा मुद्धा लगाएर जेलमा राखियो । मानव अधिकारमा प्रतिबन्ध गरियो । बहुदल जोगाउन र जनयुद्ध दबाउन सैयौँ निहत्था मानिसको हत्या गरियो । थुप्रै मैना सुनुवारहरूलाई बलात्कार गरी मारियो । आतङ्कारीको विल्ला भिराएर टाउकाको मोल तोकियो तापनि कुनै बहानाले क्रान्ति रोकिएको तथा सत्ता जोगाएको इतिहास छैन । कुनै न कुनै रुपमा सवल र सफल भएकै छ । जनताले थालेको विद्रोहले निरङ्कुशता र स्वेच्छाचारिताको माखेसाङ्लो छिनालेको र शासक झुकाएको इतिहास ताजै छ ।

जनताको बलमा भएको परिवर्तनलाई शासकले मनोमानी उपयोग गर्दा प्रतिक्रान्ति जन्मने र पुरानै शासन व्यवस्था दोहोरिने गरेको इतिहास ताजै छ । सायद चैत्र १५ मा भएको विद्रोह यसकै निरन्तरता हुनसक्छ ।
लगभग एक महिनादेखि सूचना र चुनौती दिएर गरिएको प्रदर्शनलाई प्रधानमन्त्री र गृह मन्त्रीले दुइचार हजार मानिस जम्मा हुने र हल्ला गर्ने काम कुनै ठूलो कुरा होइन । सडकमा कराएर मरेको राजतन्त्रको भूत फर्कंदैन भन्ने उरन्ठेउलो र उत्तेजक अभिव्यक्ति दिएर राजावादीलाई चिढाउने काम गर्नु महाभूल थियोे । आगो र आन्दोलनलाई सानो सम्झनु मूर्खता थियो ।

आन्दोलनको प्रतिकार आन्दोलनले गर्दैन । दीर्घकालीन व्यवस्थापनबाट अवतरणमा पुगिन्छ । वास्तवमा तीनकुनेमा भएको राजावादी विद्रोहलाई गम्भिर रुपमा सरकारले लिएको देखिएन बरु उल्टै होच्याउने र खिसिटिउरी गरेको देखियो । यो सरकारमा रहेका दुई ठूला दलका माउ नेताले सायद आफूहरूले गरेको झापा विद्रोह, विमान अपहरण र सिंहदरबारको आगो काण्ड भुलेको देखियो । विद्रोहको रुपमा आएको राजनीतिक आन्दोलनलाई बन्दुक र लाठीले रोक्दैन भन्ने कुरा उनै नेताले वरिपरी सुरक्षाकर्मी राखेर सिंहदरबार र बालुवाटार छिरेपछि बिर्सिएको देखियो । विगतकै शासकको पुनरावृति हुने गरी आन्दोलनकारी र तिनका समर्थकलाई धरपकड गर्ने र सेनाको बुट बजारेर सत्ता जोगाउने महाधृष्टता गरेका छन् । यो शान्तिको मुल बाटो होइन, अझ कडा उत्तेजित आन्दोलनको आमन्त्रण हो ।

सुरक्षा संवेदना र जनधनको क्षतिको पूर्वानुमान सरकारलाई भएको भए तीनकुने घटना हुने थिएन । लोकतान्त्रिक व्यवस्थाका हिमायती दलहरूलाई पाखा लगाएर सत्ता साझेदार दुई दलले महागल्ती गरेको कुरा प्रष्ट छ । राजावादीको धमासलाई कमजोर आँक्नु र दलहरूबिच समन्वय नगर्नुको पछाडि कुनै नियत छ भन्नु अनुपयुक्त नहोला । सरकारले सबै दलसँग समन्वय गरेर समाजवादी मोर्चाको शक्ति प्रदर्शनलाई रोकेर राजावादी आन्दोलनलाई व्यवस्था गर्न ध्यान दिनु पर्दथ्यो ।

सुरक्षा संवेदना र जनधनको क्षतिको पूर्वानुमान सरकारलाई भएको भए तीनकुने घटना हुने थिएन । लोकतान्त्रिक व्यवस्थाका हिमायती दलहरूलाई पाखा लगाएर सत्ता साझेदार दुई दलले महागल्ती गरेको कुरा प्रष्ट छ । राजावादीको धमासलाई कमजोर आँक्नु र दलहरूबिच समन्वय नगर्नुको पछाडि कुनै नियत छ भन्नु अनुपयुक्त नहोला । सरकारले सबै दलसँग समन्वय गरेर समाजवादी मोर्चाको शक्ति प्रदर्शनलाई रोकेर राजावादी आन्दोलनलाई व्यवस्था गर्न ध्यान दिनु पर्दथ्यो ।

सरकार आफैंले आन्दोलनलाई उत्तेजित बनाउन निजी घरमा सुरक्षाकर्मी लुकाएर कार्यक्रम स्थलमा अश्रुग्याँस प्रहार गरेर शान्तिपूर्ण कार्यक्रम बिथोल्न खोजेको दाबी आन्दोलनकारी र प्रत्यक्षदर्शीले गरेका छन् । यसलाई छानविनले पुष्टि गर्ला तर कुनै व्यक्तिको निजी निवासमा सुरक्षाकर्मी राखेर भित्रबाट आक्रमण गराएको हो भने सरकार र तिनको समूहलाई महङ्गो पर्नसक्दछ । सरकारको विगतका गैरजिममेवार कुराको सिंहावलोकन गर्ने हो भने आन्दोलन भड्काउन सरकारको हात हुनसक्ने सम्भावना देखिन्छ । वृत्तिविकासको माग राखेर आन्दोलनमा अएका शिक्षलाई निकम्मा र कामचोरको संज्ञा दिनु, जनयुद्धलाई हिंसा हो भनेर सदनमा कोकोहोलो गर्ने, जातीय हिंसा भड्काउन पाथिभारामा गोली चलाउने, राजनीतिक प्रतिशोध लिन रवि लामिछानेलाई मुद्धामा फसाउन खोज्ने, प्रतिपक्षीलाई उत्तेजित गर्न कुलमानको मानमर्दन गर्ने र गम्भिर विषयलाई पनि सदनभित्रै म त लडे लडे… शीर्षक गीतमार्फत् खिसीटिउरी गरेर हावामा उडाउने अलोकाँचो प्रवृत्ति हेर्दा शङ्का गर्ने ठाउँ प्रशस्त छ भने त्यही गीत सार्थक भएर सत्ता र व्यवस्था नै लड्न सक्ने सम्भावना पनि उत्तिकै देखियो ।

प्रधानमन्त्रीको जिम्मेवारी बिर्सिएर चैत्र १३ गते आफ्नो लडाकु दस्ता युवा संघलाई बिरोधीमाथि बाघले जस्तौ झम्टिने फर्मान दिएर दोहोर भिडन्तको संकेत दिएका थिए । सोही भीडबाट बालेन्द्र शाह बालेनको तेजोवध गर्न र महानगरको शक्तिसित भिड्न भोलेन्टियर ग्रुप बनाएर जाइ लाग्न निर्देशन दिएर हिंसाको बाटो खुला गरेको देखिन्छ ।

हिंसाले प्रतिहिंसा जन्माउछ भन्ने वस्तु सत्यलाई बिर्सिएर सत्ताको उन्मादमा नागरिकबिच वैमनष्य गराउनु सरकारको महाभुल हो । यही भूलको पराकाष्ठ हो तीनकुने घटना । राजावादीले लामो समयसम्म चुनौतीपूर्ण अभिव्यक्ति र अग्रीम सूचना दिएर घोषणा गरेको आन्दोलनलाई चैत्र १४ गते खिसीटिउरी गर्दै एकदुई सय मानिस जम्मा हुँदै र कराउँदै राजतन्त्रको भूत जाग्दैन भनेर विद्रोहको आगोमा घिउ थपेका थिए र प्रधानमन्त्रीले सदनमा उठेको कुलमान प्रकरणलाई टेकेर म शासक हुँ जे पनि गर्न सक्छु भनेर प्रतिपक्षी चिढाउन चर्को र निकृष्ट भाषा ओकले । यी सबै प्रकरणले सरकार वर्तमान स्थितिको खलनायको हो भन्दा फरक पर्दैन ।

लोकतन्त्रको भट्टीमा खारिएको सत्ताको तर खाएर बिचौलियाको बिस्तरामा सुतेको सरकारले भृकुटी मण्डपको समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बाघ जसरी झम्टिने कार्यकर्ता उतारेन न कि तिनकुनेमा सुरक्षा दिन सक्यो । सुरक्षा घोराभित्र बसेर देश जलेको र नागरिक मरेको रमिता टेलिभिजनमा हेरेर बस्यो । यहाँबाट प्रष्ट छ, सरकार लोकतन्त्रको खोलमा राजतन्त्रको मन्त्र जपिरहेको छ । यो सङ्कटको घडीमा सबै लोकतन्त्रका हिमायतीसँग कुनै परामर्श नगरी सडकमा सेनालाई परेड खेलाएर शक्ति प्रदर्शनमा लागेको छ ।

प्रधानमन्त्रीको जिम्मेवारी बिर्सिएर चैत्र १३ गते आफ्नो लडाकु दस्ता युवा संघलाई बिरोधीमाथि बाघले जस्तौ झम्टिने फर्मान दिएर दोहोर भिडन्तको संकेत दिएका थिए । सोही भीडबाट बालेन्द्र शाह बालेनको तेजोवध गर्न र महानगरको शक्तिसित भिड्न भोलेन्टियर ग्रुप बनाएर जाइ लाग्न निर्देशन दिएर हिंसाको बाटो खुला गरेको देखिन्छ ।

विगतका शासकले पनि अन्तिम अवस्थामा सेनालाई ब्यारेकबाट सडकमा ल्याउने र सत्ता जोगाउने कसरत गरे झैं यहाँ पनि यसको पुरावृत्ति भएको छ । दलका पार्टी कार्यालयदेखि सरकारी कार्यालय सम्म सुरक्षाकर्मीलाई सुम्पेर शासन चलाउने बलहठमा सरकार लागेको छ । धरपकट र जेलनेलले समाधान भन्दा समस्या ल्याउने र जनआक्रोस चुल्याएर प्रतिक्रान्तिलाई टेवा पुग्ने कुरा बिर्सनु हुँदैन ।

इतिहास नियाल्दा रानीहरूको खिचातानीको प्रतिक्रान्ति स्वरुप अलौ, भण्डारखाल काण्ड भयो । जंगबहादुर जन्मियो र राणाशासन स्थापित भयो । जनआवाज दबाउनका लागि गरिएका पुस्तकालय काण्ड, मकै काण्ड हुँदै १९९० सालको सहिद काण्डले २००७ सालको क्रान्तिलाई निम्ता दियो र राणा शासनलाई चिहानमा पु¥यायो । लगभग आठ वर्षसम्म भएको आपसी खिचातानीले प्रजातन्त्रलाई पञ्चायती प्रतिक्रान्तिले सफाय गर्यो र राजतन्त्र आयो । पञ्चायतमाथि भएको प्रतिक्रान्तिले बहुदल स्थापना भयो र बहुदलमाथिको प्रतिक्रान्तिले लोकतन्त्र स्थापना भयो । क्रान्तिले स्थापना गरेका मूल्यमान्यतालाई प्रतिक्रान्तिले उल्टाएको इतिहास ताजै छ ।

जनताको बलिदानलाई विर्ता बनाउने र नयाँ महाराजा बनिने लिगलिगे दौडले लोकतन्त्रको खुला आकाशमा चुनौतीको तुवाँलो मडारिएको छ । शासकको असक्षमता र अहङ्कारको रापले लोकतन्त्रलाई जीवन मरणको दोसाँधमा पुर्याएको छ । लोकतन्त्रका लागि लड्ने जनताको ठूलो समुह मुकदर्शक भएर बसेको छ । नवधनाढ्य, व्यापारी र बिचौलियाको पालनपोषण गर्ने मध्यमार्गीहरुको एक हुल सत्तामा बसेर रडाको मच्चाउँदैछ । देश कालो बजारी र भ्रष्चारीको कोपभाजनले तहसनहस भएको छ । सत्ताको आडमा जनआवाज, दबाउने र झुठा मुद्धामा फसाउने काममा सरकार लागेको छ । यसकै परिणाम हो राजाको सक्रियतामा जनताको साथ र तीनकुने घटना ।

रामराजा सिंहलाई बमकाण्डमा मृत्युदण्ड दिने कानुन बनाउँदा पञ्चायत थमिएन, माओवादी जनयुद्धलाई आतङ्क र योद्धालाई ५० लाख टाउकाको मूल्य तोकेर फर्मान जारी गर्दा बहुदल र राजतन्त्र रहेन । बिचौलियाको बिस्ताराबाट ब्यूँझिएर भ्रष्ट्राचारको आहालमा डुबेका दुर्गन्धित नेताले दिने फोस्रा अभिव्यक्तिले यो डढेलोमा तेल थप्ने काममात्र गर्दछ । तीनकुने काण्ड भारतीय सञ्चार माध्यममा “नेपाल मे लौंटेगा राजतन्त्र” शीर्षकमा समाचार बनिसक्यो । यसबाट बुझे हुन्छ कि अब अभिमान होेइन सम्मान चाहियो, वक्तव्यबाजी र मुठभेट होइन वार्ता, संवाद र सहकार्य गर्नुपर्छ ।

आन्दोलन रहले हुँदैन, जब अत्याचारको पहाडले सीमा पार गर्छ, त्यसले भुइँ मान्छेहरुको स्वतन्त्रतामा असर गर्छ र त्यहाँबाट विद्रोहको आगो बल्न थाल्छ । यसलाई दमन गर्न सत्ताले शक्तिको प्रयाग गर्छ । विगतमा भएका यी अभ्यास आज पनि लागू भइरहेको छन् । राजावादीलाई काउण्टर गर्न समाजवादी मोर्चाले गरेको जनसभामा सत्ता साझेदार ठूला दलले नाकमुख देखाएनन् । तर ठाउँ ठाउँमा आमसभा राख्ने उद्घोष गर्दैछन् । के समाजवादी मोर्चाले चाहेको र सत्ताधारी दलले चाहेको लोकतन्त्र फरक हो त ? सबै दलले नाङ्ले पसल थापेर बेग्ला बेग्लै डम्फू बजाएर लोकतन्त्रको जगेर्ना होला त ? यी तमाम जनसाधारणको मनमा आएका प्रश्न हुन् । सत्तासाझेदार दलको उत्ताउलोपन र कुटिल व्यवहारले राजावादीलाई मलजल पुगेको छ । समाजवादी मोर्चा राजा र सत्तासिन दलसँग लड्ने, सत्तारुढ दल समजवादी र राजावादीसँग लड्ने हिंसा प्रतिहिंसाले लोकतन्त्रको मानमर्दन गर्नसक्छ ।

खिसीटिउरीले उत्तेजनामा पुगेको राजावादी आन्दोलनमा कर्मशील पत्रकार र सर्वसाधारणको मृत्यु भएको छ । शान्तिसुरक्षामा ध्यान नदिने तर घटना पश्चात् धरपकडमा उत्रिएको सरकारले सेना र पुलिसको भरमा शासन गर्ने दुष्कर्म गरेको छ । रामराजा सिंहलाई बमकाण्डमा मृत्युदण्ड दिने कानुन बनाउँदा पञ्चायत थमिएन, माओवादी जनयुद्धलाई आतङ्क र योद्धालाई ५० लाख टाउकाको मूल्य तोकेर फर्मान जारी गर्दा बहुदल र राजतन्त्र रहेन । बिचौलियाको बिस्ताराबाट ब्यूँझिएर भ्रष्ट्राचारको आहालमा डुबेका दुर्गन्धित नेताले दिने फोस्रा अभिव्यक्तिले यो डढेलोमा तेल थप्ने काममात्र गर्दछ । तीनकुने काण्ड भारतीय सञ्चार माध्यममा “नेपाल मे लौंटेगा राजतन्त्र” शीर्षकमा समाचार बनिसक्यो । यसबाट बुझे हुन्छ कि अब अभिमान होेइन सम्मान चाहियो, वक्तव्यबाजी र मुठभेट होइन वार्ता, संवाद र सहकार्य गर्नुपर्छ ।

संयमताको अभावमा जनताको धन खरानी भयो । निहत्था पत्रकारको ज्यान गयो । बंगालादेशी शैलीमा भाटभटेनीमा लुटपाट भयो । कसरी भन्नु अब सिंहदरबार र बालुवाटारमा बिछ्याइएका मलमलको बिस्तारा शाही खानाको रुपमा पाकेका चिकेन लेगपिस नलुटिएलान् । अघोषित हिंसाले प्रतिहिंसाको रुप लिएको यो बेला संयमता अचुक औषधी हो, हुनसक्छ ।

 


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट