माओवादी पदाधिकारी वैठकले हटायो प्रदेश सह–इन्चार्जहरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सह–इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरेको हो । तर सहइञ्चार्जहरुलाई प्रदेश समन्वय कार्यालयमा भने कायम राख्ने निर्णय गरेको छ ।
प्रदेश कार्यालयको समन्वय वैठकमा जुनियरहरुलाई पार्टी हेड्क्वाटरको नजिक भएकै आधारमा सहइञ्चार्जको जिम्मेवारी दिएको भन्दै व्यापक असन्तुष्टि बढेको थियो ।
सहइन्चार्ज रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीहरूको विभाजन गर्ने निर्णय बताइएकमे छ ।
गत माघमा उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई सहइन्चार्ज बनाएको थियो ।
सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देबेन्द्र पराजुली र मानबहादुर बुढा, सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई सहइन्चार्ज बनेका थिए ।
यसैगरी कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल््हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान, बागमति प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल, गण्डकी प्रदेशमा हरिराज अधिकारी सहइन्चार्ज रहेका थिए ।
यस्तै लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही, सदुरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया