Techie IT
Samayabaddha
बिहीबार, २७ चैत्र, २०८१

रवि लामिछाने कारागार चलान


भैरहवा, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेपछि उनलाई पक्राउ गरेर पूर्पक्षका लागि थुनामा पठाइएको हो ।

जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।

उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए।

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा उपस्थित गराइएको थियो।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरण सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभइ थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालतमा पुगेको थियो । फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट