मधेश प्रदेश सभालाई सम्बोधन गर्ने प्रधानमन्त्री ओली जनकपुरधाम आउँदै

जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेश सभालाई सम्बोधन जनकपुरधाम आउँदै छन् ।
मधेश प्रदेशसभाको चौथो अधिवेशनको २१ औं बैठक सम्बोधन गर्न प्रधानमन्त्री ओली आज जनकपुरधामस्थित प्रदेशसभामा आउन लागेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
सम्बोधनपछि प्रधानमन्त्री ओली सिराहा जाने कार्यक्रम रहेको सभामुख मण्डलले बताए ।
प्रधानमन्त्री ओलीको आगमनमा जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया