Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

लोकतन्त्र फुल्नुपर्छ, फल्नुपर्छ जनताको जीवनमा आउनुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा लोकतन्त्र आउनुपर्ने बताएका छन् । मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्ने क्रममा ओलीले राजनीतिक परिवर्तन जनताबाटै सम्भव भएको विषय बिर्सन नहुने बताए ।

“जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ । सम्पूर्ण सामाजिक पक्षमा लोकतन्त्र फुल्नुपर्छ, फल्नुपर्छ । अनि मात्रै लोकतन्त्र अघि बढ्छ,” उनले भने ।

उनले प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्ने विषय बिर्सन नहुने पनि बताए । “यो प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्छ भन्ने बिर्सनुहुँदैन । राजनीतिक अधिकारलाई अझ विस्तार गरेर परिपूर्ण लोकतन्त्र,” उनी भन्छन्, “राजनीतिमा मात्र लोकतन्त्र भयो भने गरिबीको निरपेक्ष रेखामा बसेकालाई सरोकार हुँदैन ।”

जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकिए र गरिबीबाट मुक्ति दिन नसकिए जनतालाई त्यसले नछुने उनले बताए । त्यसो गर्न नसकिए प्रणालीमाथि प्रश्न उठाउने ओलीको भनाइ छ ।

“निरपेक्ष गरिबीबाट आधारभूत आवश्यकता सहज पूर्ति भएको अवस्थामा पुर्‍याउनुपर्छ । यदि जैविक र मानवीय आवश्यकताको सहज परिपूर्ति गर्न सकेनौँ भने प्रणालीमा संकट आउँछ । प्रणालीले के दियो भनेर जनताले सोध्न थाल्छन्,” ओलीले भने ।

ओलीले विकासका लागि सुशासनमा ध्यान दिइनुपर्ने पनि बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट