रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा, जनयात्रा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।
साथै प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया