Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन


काठमाडौ, २७ चैत । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान हुनेछ ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने तीन क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन भइसकेको छ ।

कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो ।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट