Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

श्रीपेच चुनाव चिन्ह लिएर, निर्वाचन लडेर बहुमतकासाथ सरकार चलाउन पूर्वराजालाई कांग्रेस महामन्त्री शर्माको आग्रह


गुल्मी, २७ चैत ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएकाले शिक्षकका समस्या अबिलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शर्माले कामहरु भइरहेको आगामी संसदमा पारित गर्ने गरेर शिक्षकहरुलाई घर फर्काउन जरुरी रहेको बताए ।

उनले कुनै दल र व्यक्तिलाई आरोप लगाएर शिक्षकको समस्याबाट उम्कन नहुने बताए । शर्माले देशलाई अनुकूल र समुन्नत बनाउने प्रयास भइरहेकाले राजालाई गद्दीमा राखेर मात्रै समृद्धि प्राप्त नहुने बताए । उनले देशमा भइरहेका विकास र आशासहित उर्जा बोकेर कांग्रेस गाउँगाउँमा पुग्न निर्देशन दिए ।

‘‘महाराजधिराजलाई गद्दीमा राखेर पुल र बाटो बन्दैन । धेरै विकासका आशा हामीहरुलेनै देइरहेका छौ,’’ उनले भने, ‘‘स्थिरता मार्फत कामको गति बढाउन जरुर छ ।’’

उनले श्रीपेच चुनाव चिन्ह लिएर निर्वाचन लडेर बहुमतका साथ सरकार चलाउन आग्रह गर्दै हिंसामा नलाग्न आग्रह गर्नुभयो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट