Techie IT
Samayabaddha
बिहीबार, ४ वैशाख, २०८२

रविमाथि प्रहरीबाट ज्यादती भयो भन्दै रास्वपा गयो मानवअधिकार आयोगमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरको भन्दै रास्वपाका नेताहरु राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढक्ढक्याउन पुगेको छ ।

कार्यवाहक महासचिव कवीन्द्र बुर्लाकोटी, पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपाका नेता बुधबार आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।

“राज्य संयन्त्रले गरेको यो कदम अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्छौं । र, देशमा मानव अधिकारको पूर्ण प्रत्याभूति हुन सकोस्,” कार्यवाहक महासचिव बुर्लाकोटीले भने, “यही विषयमा हामीले हाम्रो सभापति रवि लामिछानेविरुद्ध मानव अधिकार हननको क्रमबारे राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भनेर आयोगमा निवेदन पेस गरेका छौँ ।”

प्रहरीले  अदालतको आदेश भन्दै सहकारी ठगी प्रकरणमा चैत २२ गते रविलाई बूढानीलकण्ठस्थित उनको निवासबाट पक्राउ गरेको थियो । अदालतको आदेश आउनासाथ पक्राऊ पुर्जी समेत नलगी लामिछानेको बेडरुमसम्म प्रहरी पुगेको रास्वपाको आरोप छ । पक्राउ पुर्जी मागेपछि प्रहरीले उही उतिखेर लेखेका थिए ।

पक्राउ गर्ने क्रममा प्रहरीको व्यवहार, शब्दप्रति पनि रास्वपाले आपत्ति जनाएको छ । प्रहरीले पक्राउ गर्ने बेला रवि लामिछानेसँग अन्तिम इच्छा के छ भनि सोधेको थियो । मृत्युदण्डका कानुन भएका देशहरुमा मृत्युदण्ड दिनुभन्दा ठिक अघि सोध्ने गरिन्छ । यसबारे छानबिन गर्न रास्वपाले माग गरेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट