अखिल क्रान्तिकारीको काठमाडौँ विश्वविद्यालयमा दबाबमुलक आन्दोलन

काठमाडौँ । माओवादी निकट संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौँ विश्वविद्यालयमा रिले अनशन शुरु गरेको छ । क्रान्तिकारीले विश्वविद्यालय प्रशासन समक्ष विभिन्न मागहरू अघि सारेर आन्दोलन गर्दै आएको थियो । आफ्ना मागहरुलाई प्रशासनले वेवास्ता गरेपछि क्रान्तिकारीले चैत्र २७ गते बुधवारबाट अनिश्चितकालिन रिले अनशन थालेको हो ।
अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुले सोमबार विश्वविद्यालयको गेट अगाडि मुखमा टेप टाँसेर हातमा पम्पलेट बोकेर प्रदर्शन गरेका थिए ।
अखिल (क्रान्तिकारी) काठमाडौँ विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीको संयोजकत्वमा चैत १२ गते विश्व विद्यालय प्रशासनसमक्ष आफ्ना मागहरु बुझाएको थियो । जसमा विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणालीमार्फत गरिनुपर्ने, छात्रवृत्तिबाट वञ्चित गरिएका फार्मेसी विभागका २ ब्याचलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, विद्यार्थी कल्याण परिषद्को अधिकार बन्द गरिनुपर्ने र विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गरिनुपर्ने लगायतका माग थिए ।
प्रशासनले ती मागहरुलाई सम्बोधन नगरेको भन्दै सो संगठनले गत शुक्रबार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । संयोजक सन्तोष बुढाथोकीले विश्वविद्यालय आफूहरुका माग पुरा नगर्दासम्म आन्दोलन जारी राखिने बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया