Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री


बुटवल, २९ चैत । नेकपा (एमाले) का उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् ।

बुटवलमा नेकपा एमालेले शुक्रबार गरेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे ।
‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,’ उनले भने, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’

प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दावी गरे ।

पौडेल नयाँ दलहरूसँग पनि असन्तुष्ट सुनिए । नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दावी पनि गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट