Techie IT
Samayabaddha
बुधबार, ३ वैशाख, २०८२

सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै आउने थिएन : गगन थापा


काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् ।

काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताए ।

सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । ‘ स्पिडमा काम गरेको भए शिक्षकहरु आन्दोलनमा आउनुपर्ने थिएन । सरकारीको अवस्था त्यस्तै छ’, उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ । यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।

महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको पनि बताए । ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’, उनले अघि भने, ‘मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन ।

उनले कांग्रेस–एमालेको सरकार भएकोले आफूहरूले सरकारको काम बढाउन चाहेको बताए । त्यसका लागि खबरदारी गरिरहेको उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट