Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी कार्यालय वनस्थलीमा बिहीबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा महाधिवेशन कार्य विवरण, जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषयमा पनि छलफल हुनेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट