पोप फ्रान्सिसको निधन, अन्तिम श्रद्धाञ्जली दिन लाखौंको भीड

काठमाडौं । ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा भ्याटिकनसिटीमा उनको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनको दुवै फोक्सोमा निमोनिया थियो ।
सोमबार भ्याटिकनले एक विज्ञप्ति जारी गर्दै उनी रोमन क्याथोलिक चर्चको सदस्यको रूपमा राज्याभिषेक हुने पहिलो ल्याटिन अमेरिकी भएको बताएको छ ।
जसका कारण उनको अवस्था गम्भीर रह्यो । उनी लामो समयदेखि अस्पतालमा थिए । उनी ३८ दिन अस्पतालमा थिए र हालसालै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
भ्याटिकन कार्डिनल केभिन फारेलले पोप फ्रान्सिसको सम्पूर्ण जीवन ईश्वरको सेवामा समर्पित रहेको बताए ।
रोमन क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको निधन भएको खबरले विश्वभरका धर्मावलम्बीहरू र आम नागरिकलाई गहिरो शोकमा डुबाएको छ । उनी एक यस्ता आध्यात्मिक नेता थिए जसले केवल क्याथोलिक चर्च मात्र नभई सम्पूर्ण
मानवताका पक्षमा आफ्नो जीवन समर्पित गरेका थिए । उनको निधनले एक युगको समाप्तिको संकेत दिएको छ । भ्याटिकन सिटीमा उनलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौंको भीड उर्लिएको छ ।
जीवन परिचय
पोप फ्रान्सिसको वास्तविक नाम जोर्ज मारियो बर्गीग्लियो हो । उनी सन् १९३६ मा अर्जेन्टिनाको ब्युनस आयर्समा जन्मिएका थिए ।
पोप फ्रान्सिसको नेतृत्वमा क्याथोलिक चर्चले धेरै महत्वपूर्ण परिवर्तनहरू देख्यो । उनले चर्चको पारम्परिक रूढिवादिता भत्काउँदै समावेशी, करुणाशील र आधुनिक चर्चको अवधारणा प्रस्तुत गरे । उनले गरिबी, सामाजिक अन्याय, जलवायु परिवर्तन र आप्रवासन जस्ता विषयहरूमा स्पष्ट विचार व्यक्त गरे । धर्मभन्दा माथि उठेर उनले मानवता र शान्तिको पक्षमा बोल्ने प्रयत्न गरे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया