Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा


काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। आज मन्त्रीपरिषद बैठक बस्ने भनिए पनि उनले बैठक बस्न अघि नै राजीनामा बुझाएकी छन् ।

शिक्षकहरुको माग मन्त्रीपरिषदको बैठकले सम्बोधन गर्न नसक्ने देखेपछि उनले राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट