Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

निजामती विधेयकमा माओवादी केन्द्रको तीनबुँदे असहमति


काठमाडौं, १० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा तीनबुँदे असहमति राखेको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा तीनबुँदे अहसमति राखेका हुन् ।

प्रमुख सचेतक पाण्डले कुलिङ पिरियड, अतिरिक्त सचिव र भेटेनरीको तहबारे सहमति रहेको बताए । पाण्डेले कुलिङ पिरियड कम्तिमा दुई वर्ष राख्नुपर्ने, अतिरिक्त सचिव राख्न नहुने र भेटनरीमा आठौँ तह राख्नुपर्ने फरक मत राखेका छन् ।

निजामती विधेयकमा कुलिङ पिरियड एक वर्ष राख्ने गरी प्रतिवेदन तयार पारिएको छ । प्रमुख सचेतक पाण्डेले सचिव र सहसचिवको संख्या यथावत राखेर ‘अतिरिक्त सचिव’ पद सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाए ।

‘अतिरिक्त सचिव राख्न आवश्यक छैन । यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने छलफल गर्न सकिन्छ’, उनले भनेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट