Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

ओली नेतृत्वको सरकारले राजनीतिक रूपमा वैधानिकता गुमाइसक्यो : माओवादी


काठमाडौं, १० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रूपमा वैधानिकता गुमाइसकेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले भनेको छ, ‘वर्तमान सरकार प्राविधिक रूपमा त अस्तित्वमा छ, राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने, ‘वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

वर्तमान दुईदलीय गठबन्धन सरकारले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचारविरोधी अभियानलाई उल्ट्याएको माओवादी केन्द्रको आरोप छ । सुशासन कायम गर्न लागेका अधिकारीहरूलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउनेजस्ता काम यो सरकारले गरेको टिप्पणी छ । सापकोटाले भने, ‘आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरूप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको शृङ्खला नै खडा गरेको छ ।’

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने, ‘वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

यो सरकारले आजसम्म जेजस्तो निर्णय गरेको छ, ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रिय हितविपरीत रहेको माओवादी केन्द्रको आरोप छ । सापकोटाले भने, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर, प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । यही १२ वैशाखदेखि संसद अधिवेशन हुँदै छ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’

आन्दोलनरत लघुवित्त पीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू, चिकित्सकहरूलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न माओवादी केन्द्रले सरकारको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट