ज्ञानेन्द्र शाहको वक्तव्यमा ‘श्री ५ को सरकार’ लेखिएको भन्दै तत्काल कारबाही गर्न एमाले सांसद ठाकुर गैरेको माग

काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद गैरेले वक्तव्यमा ुश्री ५ को सरकारु लेखिएको भन्दै कारबाहीको माग गरेका हुन् ।
“नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ ?,” उनले भने, “यो लेख्न पाइन्छ कि पाइँदैन ? यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?
जम्मू–कश्मीरमा भएको आक्रमणबारे शनिबार संवाद सचिव डा. फणिराज पाठकबाट प्रकाशित वक्तव्यको शीर्षकमा ‘श्री ५ महाराजाधिराज’ लेखिएको छ । गैरेले शाह र पाठकले कानुनी राज्यको उपहास गरेको बताए ।
“नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ ?,” उनले भने, “यो लेख्न पाइन्छ कि पाइँदैन ? यो संसद्, संविधानको सर्वोच्चता, कानुनी राज्यको उपहास गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ? त्यसकारण संवाद सचिवका रूपमा नाम रहेका फणिराज पाठक र यो संवेदना लेख्न बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस् ।”
क्याटेगोरी : राजनीति
प्रतिक्रिया