Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागियो : सांसद गिरी


काठमाडौं, १४ वैशाख । नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आएपनि त्यसो हुन नदिएको बताएका हुन् ।

यसअघि एउटा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सडक आन्दोलन नछाड्न शिक्षकहरूलाई आग्रह गरेका थिए । प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै सांसद गिरीले शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका लागि उत्प्रेरित गरेको बताए ।

उनले भने, ‘हिजो सरकारको नेतृत्वमा आफू रहने । आफै बसेर शिक्षकसँग वार्ता र सहमति गर्ने । अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । तर अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो । वर्तमान प्रधानमन्त्रीले गर्दा भएको हो भन्ने गरी जनतामा भ्रम पार्ने काम भइरहेका छन् । यो बिलकुल गलत हो ।’

सांसद गिरीले जनतामा यसरी भ्रम पार्ने अधिकार कसैलाई पनि नभएको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट