Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न कांग्रेसकी सांसद माया राई पक्राउको सूचना संसद्‌मा सुनाइयो

राई पुर्पक्षका लागि थुनामा गए निलम्बित हुनेछिन्


काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना संसद्‌मा सुनाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो । आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् ।

राई पुर्पक्षका लागि थुनामा गए निलम्बित हुनेछिन् ।


क्याटेगोरी : अर्थ, राजनीति

प्रतिक्रिया


ताजा अपडेट