राजेन्द्र लिङ्देनले क्षमा माग्नुपर्छ : कांग्रेस सचेतक घिमिरे

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन र क्षमायाचना गर्न माग गरे। उनले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह समेत गरे।
प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा अध्यक्ष लिङ्देनले चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा कोटेश्वरको भाटभटेनी मार्केटमा लुटपाटका क्रममा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको र लगत्तै प्रहरीले छोडेको दावी गरेका थिए।
उक्त घटनाको आफूसँग यथेष्ट प्रमाण समेत रहेको उनको भनाइ थियो।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया