सरकारले शिक्षहरुमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्यो : देवेन्द्र पौडेल

काठमाडौं, १५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गरेको बताएका छन् । पौडेलले शिक्षक, डाक्टर, कर्मचारीको आवाज सरकाले सुन्दैन भने कसको सरकार हो भनी प्रश्न गरे ।
‘सरकारले लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्यो । आदरणीय शिक्षकले घर, घडेरी, बिल्डिङ खोजेका होइनन् । श्रमको मूल्य खोजेका हुन्,’ उनले भने ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया