Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

बाक्लो हुस्सु र शीतलहरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई दिनदेखि हवाई उडान प्रभावित


लुम्बिनी, २४ पुस । बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई दिनदेखि हवाई उडान प्रभावित भएको हो ।

मौसम अझ केहीदिन मङ्गलवार र बुधवारको जस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ । सडकमा यातायातका सवारीसाधन कम सङ्ख्यामा चलेका छन् । पैदल यात्रु कम छन्। सडक किनारका पेटी र चोकहरुमा चिसोबाट जोगिनका लागि स्थानीय सर्वसाधारण आगो बालेर तापिरहेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले सामान्य अवस्थामा हवाई उडान सञ्चालनका लागि १ हजार ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिबिलिटी नभएकाले हवाई उडान हुन नसकेको जानकारी दिए ।

बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा काठमाडौंबिच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान सञ्चालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यो विमानस्थल हुँदै हवाई यात्रा गर्छन् ।


क्याटेगोरी : प्रदेश खबर

प्रतिक्रिया


ताजा अपडेट