चीनले रकेट प्रक्षेपणमार्फत दुई वटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्यायो

जिउक्वान, १५ फागुन । चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च–२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो ।
यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड–२सी) पी पनि भनिन्छ । दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो । यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो । रासस/सिन्ह्वा
क्याटेगोरी : विज्ञान
प्रतिक्रिया