Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

सन् २०२४ मा समुद्र सतहमा अनपेक्षित वृद्धि


सन् २०२४ मा समुद्रको सतह अनपेक्षित रूपमा बढेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा समुद्रको सतह शून्य दशमलव ५९ सेन्टिमिटरले बढेको पाइएको छ ।

अघिल्ला वर्षहरूमा यस्तो वृद्धि शून्य दशमलव ४३ सेन्टिमिटर मात्रै हुन्थ्यो । नासाले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा अपेक्षा गरेभन्दा बढी स्तरमा समुद्र सतहको वृद्धि भएको उल्लेख छ ।

समुद्र सतह बढ्नुको कारणमध्ये दुई तिहाइ हिस्सा तापक्रम बढेर समुद्रको पानीमा हुने विस्तार रहेको छ । बाँकी जमिनमा रहेको हिउँ र हिमनदी पग्लिएर पुगेको पानीले बढेको हो ।

समुद्रको सतह पछिल्लो तीन दशकदेखि बढ्न थालेकोमा यो वर्ष उच्च भएको हो । सन् १९९३ यता समुद्रको सतह १० सेन्टिमिटरले बढिरहेको छ । सन् १९९२ देखि उपग्रह प्रविधिमार्फत समुद्र–सतहको निरन्तर अवलोकन गरी सतहको दीर्घकालीन रेकर्ड राख्न थालिएको हो ।

सन् २०२० मा प्रक्षेपण गरिएको सेन्थिनेल–सिक्स बी भूउपग्रहले विश्वका ९० प्रतिशत समुद्रको सतहलाई मापन गर्न सक्दछ । समुद्रको सतह बढ्नुले जलवायु परिवर्तनको असर अझ विकराल बन्दै गएको वैज्ञानिकहरू बताउँछन् ।

 


क्याटेगोरी : विज्ञान

प्रतिक्रिया


ताजा अपडेट