एपीएफले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य
ललितपुर मेयर्स वुमन्स टी-२० च्याम्पियनसिपको फाइनलमा सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेट गुमाएर १५५ रन बनाएको हो ।
एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।
ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।
सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।
एपीएफ अपराजित हुँदै फाइनल आएको हो भने सुदूरपश्चि एपीएफसँग पराजित भएको थियो ।
एपीएफले यसअघि लगातार दुई संस्करणको उपाधि जितिसकेको छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया