Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

नेपाल तेस्रो अभ्यास खेलमा पराजित


ट्वान्टी–२० विश्वकपअघिको तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम विन्डवर्ड्स भोल्कानोजविरद्ध ६७ रनले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा भोल्कानोजले पहिले ब्याटिङ गर्दै २०५ रनको योगफल खडा गरेको थियो। २०६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ५३ रन बनाए पनि टिमको हार टार्न भने सकेनन् । यस्तै, ओपनर आसिफ सेखले २४ रन थपे । नेपाललाई सस्तैमा समेट्न भोल्कानोजका डी नेड र के होजले समान तीन विकेट लिए ।

त्यसअघि भोल्कानोजका डी डग्लासले ५६ र एस डिस्क्रेटले ५५ रन बनाएका थिए । नेपालका कमलसिंह ऐरीले चार र सोमपाल कामीले तीन विकेट लिए ।

यो नतिजासँगै नेपालले भोल्कानोजविरुद्धको तीन खेलको शृंखला २–१ ले जितेको छ । यसअघि नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः चार र ४९ रनको जित निकालेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट