Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बाग्मती युथ क्लबलाई हरायो


काठमाडौं । एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले बाग्मती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङले बाग्मतीलाई ४–० गोलले हराएको हो ।

वालिङको लागि विदेशी खेलाडी सीसी नन्टोन्गो र ज्याकलिन नसालीले २र२ गोल गरे । वालिङ ६ खेलमा १२ अङ्कसहित चौथो स्थानमा पुगेको छ । चार अङ्क रहेको बाग्मती आठौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट