एनपिएल क्रिकेट : कर्णालीले काठमाडौंलाई दियो एक सय ५० रनको लक्ष्य
काठमाडौँ, १९ मङ्सिर । ओपनर शिखर धवनको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितक लागि काठमाडौँ गुर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनायो ।
कर्णालीका लागि धवनले ७२ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै चाडविक वाल्टनले २१, जीसन मक्सुदले १४, बाबर हायातले १३ र गुलशन झाले १२ रन बनाए ।
बलिङमा काठमाडौँका जेरार्ड इरास्मसले दुई विकेट लिए । करण केसी, नाथन साउटर र दीपेश कँडेलको एक एक विकेट झारे ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया