एन्फा महिला लिगमा एपीएफले वालिङलाई ९ गोलले हरायो
काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले वालिङलाई ९ गोलले हरायो । पहिलो हाफमा ७ गोल गरेको एपीएफले दोस्रो हाफमा २ गोल थप्यो ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।
दोस्रो चरणको सुपर फाइभमा एपीएफ र वालिङसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब पुगेका छन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया