आइसिसी यू–१९ महिला विश्वकप : मलेसियामाथि नेपालको सानदार जित
काठमाडौं, ११ माघ । आइसिसी यू–१९ महिला विश्वकप २०२५ अन्तर्गत प्लेअफको खेलमा कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शन नेपालले मलेसियामाथि सानदार जित निकालेको छ।
शुक्रबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ४७ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
ओनपरद्वय सना प्रवीन १ रन र सावित्री धामी ३ रनमा आउट भएका थिए। कप्तान पूजाले भने नटआउट २३ रन जोडिन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ज्योत्स्निका मरासिनी ७ रनमा आउट हुँदा सीमाना केसीले नटआउट ४ रन बनाइन्।
मलेसियाको जोहरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६।५ ओभरमा ४५ रनमै अलआउट भयो।
मलेसियाका लागि नुरीमनले सबैभन्दा बढी १५ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ विकेट लिइन्। उनले ३।५ ओभरमा ९ रन मात्र दिइन्। रचना चौधरीले ३ विकेट लिने क्रममा ३ ओभरमा १ मेडन फ्याँकिन भने ५ रन मात्र दिइन्।
रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिए। नेपाल समूह ‘डी’ मा तीनै खेलमा पराजित भएपछि सुपर(६ मा पुग्न असफल भएको हो। नेपालले समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार ब्यहोरेपछि १३ देखि १६औं स्थानको प्लेअफका लागि प्रतिस्पर्धा गरेको हो।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया