सभापति कप फुटबलको उपाधि संकटाले जित्यो
काठमाडौं। संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटाले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४–३ ले पराजित गर्यो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुगेको थियो ।
आयोजक टिमका गोलकिपर विशेक कुथुले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात दिलाएका थिए । तर खेलले नाटकीय मोड लिँदा नतिजा संकटाको पक्षमा गयो ।
संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।
संकटाका गोलकिपर दीप कार्कीले बागमतीका कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्टभन्दा बाहिर गयो ।
त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो ।
प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उपविजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया