Techie IT
Samayabaddha
मंगलबार, २ वैशाख, २०८२

अत्तरियाले काठमाडौंलाई ८६ रनले हरायो


काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगितामा सीवाईसी अत्तरियाले एक्सिलेन्स क्रिकेट सेन्टर काठमाडौंलाई ८६ रनले हराएको छ ।

अत्तरियाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १२ ओभर २ बलमा ५६ रनमै अलआउट भयो । काठमाडौंका सोनु अन्सारीले १५ र विपिन आचार्यले ११ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अत्तरियाका कमल गुप्ताले ५ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनायो । अत्तरियाका विवेक यादवले नटआउट ५३ रन बनाए । काठमाण्डौका दीपेन्द्र रावत र उनिष ठकुरीले २र२ विकेट लिए । अत्तरिया लगातार दोस्रो जीतसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट