एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको दोस्रो प्रि–क्वाटरफाइनलमा मच्छिन्द्रले एपीएफलाई २–० गोलले हरायो । मच्छिन्द्रका आदित्य शाक्य र स्टेफेन कामहाले गोल गरे ।
अब मच्छिन्द्रले क्वाटरफाइनलमा आउँदो आइतवार माघ २७ गते थ्री स्टार क्लबसँग खेल्नेछ । प्रतियोगिताको तेस्रो प्रि–क्वाटरफाइनलमा भोलि न्युरोड टिम ९एनआरटी० क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् ।
हिजोदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया