Techie IT
Samayabaddha
बिहीबार, ८ फागुन, २०८१

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर युगान्डा भ्रमणबारे जानकारी गराएको हो ।

युगान्डा भ्रमणका लागि क्यानले १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले कप्तान इन्दु बर्मासहित रुबिना बेल्वासे, बिन्दु रावल, अलिशा यादव, साना प्रभीन, राजमती ऐरी, रोमा थापा, ममता चौधरी, ईश्वरी विष्ट रहेका छन् । यस्तै पूजा महतो, कविता जोशी, मनिषा उपाध्याय, सबनम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्का बन्द प्रशिक्षण टोलीमा छन् । रिया शर्मा र सिमाना केसी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अटाएका छन् ।

नेपाली महिला टोलीले आउँदो मार्च ६ देखि १७ सम्म युगान्डा भ्रमण गर्नेछ । युगान्डा भ्रमणमा नेपालले कुन र कति वटा खेल खेल्ने भन्ने निर्णय भइसकेको छैन ।

यसअघि नेपाली महिला टोलीले घरेलु मैदानमा त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपाली महिला टोलीले सबै खेल हारेको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट