Techie IT
Samayabaddha
बुधबार, २१ फागुन, २०८१

अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा


काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा पुगेको छ ।

हिजो भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै दुई पटकको उपाधि विजेता भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । भारतको लागि विराट कोहलीले ८४ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पा र नथान एलिसले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए । भारतका मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

आज हुने दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । भारतले यी दुई टोलीबीचको विजेतासँग उपाधिको लागि आइतवार खेल्नेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट