Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

आईपीएल २०२५ : हैदराबादले कार्सको ठाउँमा मुल्डरलाई भित्र्यायो


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली सनराइजर्स हैदराबादले इङ्गल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर ब्रायडन कार्सको ठाउँमा दक्षिण अफ्रिकाका अलराउन्डर वीआन मुल्डरलाई टोलीमा छनोट गरेको छ ।

चोटका कारण कार्सले यो संस्करण गुमाउने भएपछि टिम व्यवस्थापनले ७५ लाख भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । मुल्डरको यो पहिलो आईपीएल सिजन हुनेछ ।

मुल्डरले दक्षिण अफ्रिकाका लागि ११ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट, १८ टेस्ट क्रिकेट र २५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६० विकेट लिनुका साथै ९ सय ७० रन बनाएका छन् ।

आईपीएलको १८औं संस्करण आउँदो मार्च २२ देखि शुरू हुँदैछन् । उद्घाटन खेलमा पूर्वविजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्रतिस्पर्धा हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मे २५ मा हुनेछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट