Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

टि–ट्वान्टी क्रिकेट : नेपालले युगान्डाविरुद्ध टस जितेर बलिङ रोज्यो


काठमाडौँ, २५ फागुन । चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ ।

जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ- ११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट