साफ च्याम्पियनशिपको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

काठमाडौं । भारतमा हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।
काठमाडौंमा हिजो सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ । त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन ।
भारतको अञ्चल प्रदेशमा हुने प्रतियोगिता आउँदो मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । यसैबीच साफ च्याम्पियनशिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्ताव अस्वीकृत भएको छ ।
दक्षिण एशियाली फुटबल फेडरेसन (साफ) को कार्य समितिको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत गरेको हो । बैठकमा बहुमत सदस्यले जसरी साफ च्याम्पियनशिप चलिरहेको छ, त्यही अनुसार गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया